
Usbl-7
Gsbr-6
Msbg-2
Jsbg-7
Jsbr-3
Csbg-7
ksbl-7
Gsbg-3
Pbu
Rksr-7


काठमाडौं । सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।
प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेको छ । शुक्रवार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक पटक पक्राउ गरेर छुटेका थिए ।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए ।
त्यस्तै सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले आठौँ पटक पक्राउ परेका हुन् । अहिले उनी जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिन्छन् ।
