
Mbdvs
Gisld
Pbu
Sds
Rbs
mbd

Ssm
Gst
Ggd
Asm
Rgu
Sbs
nsb
Pvg
Rsb
Sls
Ksm
Wsp
Tsm
Rgu
Bbbpu
Rgs
Bbu
Hal
Vor

Mks
Rpp
Gsb
Jmb
Syp
Bml
sab
bbt
Jmb
Abd
Pls
Ptm
Rmb
दाङ । वास्तविक पीडा तिनलाई हुन्छ, जसको नामको अगाडी एकल थपिन्छ । बाचुञ्जेल सँगै जीउने भनी आमा बुवा त्यागेर जव प्राई घरमा आउछिन् । तब श्रिमाणको देहान्त हुँन्छ । त्यो जस्तो पीडा कसलाई होला? तिनका लागी भाग्य नै दोषी रहेछ भन्नुको बिकल्प पनि छैन । बिबाह गरेको बर्षदिन नपुग्दै श्रिमान गुमाएकि महिलाले झन आफुलाई कसरी सम्हाल्लिन ? श्रिमाण गुमाएको पीडा त एकथरी छँदैछ, समाजले हेर्ने दृष्टिकोण पनि भिण्डै छ ।
दाङ्गको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी सीमा चौधरी उमेरले भर्खर ३१ बर्ष पुगिन् । बिडम्बना उनको नामको अगाडि एकल थपियो । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै सीमाको जीवनमा बज्रपात पय्रो । १५ महिना अघि श्रिमाणको मृत्युले उनको आँशु अझै थामिएका छैनन् । २ छोरीकि आमा सीमाले भनिन् सोचेँझै जीवन नहुँदो रहेछ । श्रिमाणको मृत्यु गलत साबित भईदिए हुन्थ्यो उनले आँशु पुछ्दै भनिन्-मलाई अौधि माया गर्नुहुन्थ्यो ।सीमा जस्तै जनकपुर निवासी तुलसी घर्तीको पनि २७ बर्षकै उमेरमा सिउँदो पुछियो ।
काखमा छोराछोरी खेलाउने रहर अँधुरै पारेर उनका श्रिमाणको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनी अहिले एक्लो बनेकि छिन । प्रेम बिबाह गरेकि तुलसीले त्यही बिगत झलझली सम्झिन्छन । “उहाँको मृत्यु सपना जस्तै लाग्छ तुलसीले गहभरी आँशु लिँदै भनिन्-जीवनमा यसरी एक्लै हुन्छु भन्ने त कल्पना बाहिरको कुरा थियो ।” तुलसी र सीमा जस्तै कप्तानगञ्ज निवासी देवा वलीले पनि ३६ बर्षकै उमेरमा श्रिमान गुमाएकी हुन् । जीवनको आधा उमेरमा एकल बनेकी देवा अहिले ६८ बर्षकि भईन् । करिब ३२ बर्ष अघि श्रिमाणको मृत्यु पश्चात अनेक प्रस्थिती हरु सँग लड्दै जीवनको पूरा उमेर काट्दैछिन् उनी । ४ सन्तानकि आमा बनेकि देवा अहिले घरमा एक्लै बस्छिन् । सन्तानको भबिष्यका लागि जिवनको ३२ बर्ष सँघर्षमा बिताएकि देवा अन्त्यमा सन्तान देखि टाढा छिन् ।
यस्तै यस्तै पिडाबाट गुज्रिरहेका एकल महिला हरु शुक्रबार अचानक वडा कार्यालयमा भेला भए । सबैले एक अर्काको अनुहार हेर्दै दुख साट्ने अबसर पाए । कसैका सँघर्षका जीवन सकिनै आँटेका छन त कसैका भर्खरै सुरुवाती क्षणमा छन् ।
तिनै एकल महिला हरुलाई लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले शुक्रबार नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । २ लाख ५० हजार रुपैया खर्च गरेर वडा कार्यालय पिडित एकल महिलाको सारथी बनेको हो । वडा अन्तरगतका १ सय ४४ जना एकल महिला हरुलाई नगद ९ सय ८० रुपैया, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको वडाध्यक्ष मोहन गिरीले जानकारी दिए । उनले भने सँघर्षको जीवनले प्रगतीको बाटो देखाउँछ । वास्तविक जीवनलाई बुझ्ने मौका पाउनु भएको छ । हरेस नखाई अघि बढ्नुस् सफल्ता जहीँ कतै छ । थोरै भएपनि पिडित महिलाको आँशु पुछ्न अबसर पाएकोमा अध्यक्ष गिरीले खुसी ब्यक्त गरे ।
वडा नम्बर ७ का कार्यबहाक अध्यक्ष केदार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कुल बहादुर बुढा मगर, एकल महिला देवा वली लगायतले बोलेका थिए । वडा सदस्य सुनमाली बिकको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिब शेर बहादुर चौधरीले गरेका थिए ।
लमही नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधि बनेर मोहन गिरी आए लगत्तै प्रत्यक बर्ष बृद्दबृद्दा, एकल महिला, अशक्त अपाङ्गता तथा पिछडिएका बर्गहरुलाई सम्मान गरिँदै आएको छ । १० दिन अघि मात्रै वडाका जेष्ठ नागरिक हरुलाई नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको थियो ।
