
Gsb
Fmb
Bsn
Rks
Ppu
Csb
Ssb
Ssb
jsb
Tgp
Rsb
Usb
Nsb
Ksb
Ksb
Ksb

Usb
Gsb
Tsb
Ssb
Hl1

Rgu
Nps
ptl
दाङ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेडियो तुलसीपुर एफएमका स्टेशन म्यानेजर गिरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जम्मा एक सय ७८ मत खसेकोमा गिरीले एक सय ६२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत प्राप्त गर्नुभएको छ । जसमा ३ मत बदर भएको थियो । गिरी यसअघि बरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।
साथै केन्द्रीय सदस्यमा दाङबाट तीन जना निर्विरोध निर्वाचित हुनुभएको छ । रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो हाम्रोे पहुँचका शुक्रराज भण्डारी र रेडियो झरणाका रोशनमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै अकोराब लुम्बिनी प्रदेशको सचिबमा रेडियो हापुरेका बालकृष्ण पाण्डे निर्विरोध निवार्चित भएको जनाइएको छ ।
