
Sds
Gisld
mbd
Rbs
Mbdvs
Pbu

Bbbpu
Rgu
Bbu
Rgs
Asm
Wsp
Gst
Pvg
Sls
Ksm
Hal
Tsm
Ggd
Rgu
Vor
Ssm
Sbs
nsb
Rsb

Gsb
Pls
Abd
Jmb
Syp
Jmb
Bml
Rpp
bbt
Ptm
Mks
sab
Rmb
दाङ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेडियो तुलसीपुर एफएमका स्टेशन म्यानेजर गिरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जम्मा एक सय ७८ मत खसेकोमा गिरीले एक सय ६२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत प्राप्त गर्नुभएको छ । जसमा ३ मत बदर भएको थियो । गिरी यसअघि बरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।
साथै केन्द्रीय सदस्यमा दाङबाट तीन जना निर्विरोध निर्वाचित हुनुभएको छ । रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो हाम्रोे पहुँचका शुक्रराज भण्डारी र रेडियो झरणाका रोशनमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै अकोराब लुम्बिनी प्रदेशको सचिबमा रेडियो हापुरेका बालकृष्ण पाण्डे निर्विरोध निवार्चित भएको जनाइएको छ ।
