
Gsl
Nssbus7
Ddhbs
Amb
gms
Rbs
Ssbus
Ratbs
dsbus
syysr
Bksbus5
Syees
Pbu
Gsbus
Csbus
Jsbus

Bbu
Pvg
Tsm
Ssm
Sbs
Hal
Rsb
Rgu
Ksm
Wsp
Bbbpu
nsb
Sls
Vor
Asm
Rgs
Gst
Ggd
Rgu

Jmb
Ptm
Rmb
Pls
Gsb
Bml
Abd
Jmb
Syp
Rpp
Mks
bbt
sab
तेहरान । इजरायलले शनिबार आज बिहान इरानको राजधानी तेहरानसहित धेरै सहरहरुमा हमला गरेको छ । इर्ना समाचार एजेन्सीका अनुसार हमलामा दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
यसको जवाफमा इरानले पनि इजरायलमा जवाफी हमला सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले पलटवार गर्दै करिब ४०० मिसाइल प्रहार गरेको छ । इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अखडाहरुमा पनि हमला गरेको छ । इरानले यूएईको सबैभन्दा धेरै जनसंख्या भएको सहर दुबईलाई पनि निशाना बनाएको छ । खासमा इजरायलले इरानको खुफिया मन्त्रालय,रक्षा मन्त्रालय,सर्वोच्च नेता खामेनेईको कार्यालय र इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको थियो । हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ ।
इजरायलले इरानविरुद्ध आफ्नो नयाँ अभियानको नाम ‘लायन्स रोर’ राखेको छ । अल जजिराले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको बताएको छ । यो हमला इरान र अमेरिकाबिच परमाणु हतियारको विषयमा चलिरहेको वार्ताको बिचमा भएको हो ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला गर्ने धम्की दिएका थिए । उनले यो कारबाहीको उद्देश्य अमेरिका र उसका जनतालाई खतराबाट बचाउनु रहेको बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना इरानका मिसाइलहरुलाई नष्ट गर्न र त्यसको मिसाइल कार्यक्रम समाप्त गर्ने प्रयास गरिरहेको छ ।
