
Rbs
Gisld
Sds
Mbdvs
Pbu
mbd

Wsp
Bbbpu
Pvg
Gst
Hal
Rgs
Asm
Ggd
Sbs
Rsb
Ksm
Sls
Tsm
Rgu
Rgu
nsb
Vor
Bbu
Ssm

Bml
Ptm
Rmb
Gsb
Syp
Mks
sab
Rpp
Pls
Jmb
bbt
Jmb
Abd
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन २७ गते महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।
लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि फागुन २६, २७, र २८ गते तीन दिन सम्म महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।
धामकाे स्थापनाकाल बिगत सात बर्ष देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएकाे छ । शिवसवरी धाम महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम मूल आयाेजक समिती गठन गरेर यस बर्ष मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएकाे समितीका अध्यक्ष मिश्रुलाल चाैधरीले जानकारी दिनु भयो ।
मेला अबधिभर राष्ट्रिय तथा स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहने समितीका उपाध्यक्ष तथा सांस्कृितक संयाेजक राजेन्द्र चाैधरीले जानकारी दिनु भयो । मेलामा विभिन्न व्यापारिक तथा पुजा तथा फलफूलका स्टलहरू समेत रहने समितीकी महासचिव धना चाैधरीले जानकारी दिनु भयो ।
साथै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारी समेत व्यापक बनाईएकाे छ ।
