
Rbs
gms
Jsbus
Ssbus
Ratbs
Gsbus
Amb
Bksbus5
dsbus
Pbu
Ddhbs
Csbus
Nssbus7
Gsl

Asm
nsb
Rgs
Ggd
Sbs
Bbbpu
Rsb
Rgu
Ksm
Bbu
Ssm
Tsm
Sls
Rgu
Vor
Pvg
Hal
Gst
Wsp

Pls
Gsb
Rpp
Mks
Jmb
Ptm
bbt
Jmb
Abd
Bml
Syp
Rmb
sab
दाङ । नेकपा (माओवादी) बाट दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रकाश शाहीले भ्रष्टाचारको नियन्त्रण,सुशासन,समावेशी विकास र आवश्यक संविधान संशोधनका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारेका छन् ।
शनिबार दाङको राप्ती गाउँपालिका–३ मसुरियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार शाहीले देशमा व्याप्त बेथिति, अनियमितता र राजनीतिक अस्थिरताको अन्त्यका लागि नयाँ ढंगको राजनीतिक अभ्यास आवश्यक भएको बताए । पत्रकारहरुसँगको अन्तरक्रियामा उनले दाङ–१ क्षेत्रका जनताले लामो समयदेखि सुशासन, रोजगारी र दिगो विकासको अनुभूति गर्न नपाएको उल्लेख गर्दै अब परिवर्तनको विकल्प नभएको दाबी गरे ।
“राजनीति व्यक्तिगत लाभ र शक्ति केन्द्रित हुँदा आम नागरिकले सास्ती भोग्नुपरेको छ । अब राजनीति जनताको जीवनस्तर बदल्ने माध्यम बन्नुपर्छ,” उनले भने । उम्मेदवार शाहीले पछिल्ला वर्षहरुमा देशमा भ्रष्टाचार संस्थागत बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । ठूला–ठूला काण्डहरू सार्वजनिक हुँदा समेत दोषीमाथि कारबाही हुन नसक्नु लोकतन्त्रकै लागि चुनौती भएको उनको भनाइ थियो । “भ्रष्टाचार नियन्त्रणका लागि कानुन मात्र होइन, राजनीतिक इच्छाशक्ति आवश्यक हुन्छ । संसदमा पुगेपछि भ्रष्टाचारविरुद्ध कठोर कानुन निर्माण र कार्यान्वयनका लागि दृढतापूर्वक उभिनेछु,” उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै शाहीले सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउँदै सेवा प्रवाहलाई छरितो, पारदर्शी र जवाफदेही बनाउन संघीय सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे । स्थानीय तहदेखि संघीय तहसम्म जिम्मेवारी बोधको संस्कार विकास नगरेसम्म सुशासन सम्भव नहुने उनको निष्कर्ष थियो । “सरकार जनताको मालिक होइन, सेवक हो भन्ने मानसिकता विकास गर्नुपर्छ,” उनले जोड दिए । उम्मेदवार शाहीले दाङ क्षेत्र नम्बर १ मा सम्भावना धेरै भए पनि राज्यको ध्यान पर्याप्त नपुगेको बताए । कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउन सके दाङ समृद्धिको केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।
विशेषगरी देउखुरी क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण, सिंचाइ विस्तार, युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम र स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना आफ्नो प्राथमिकतामा रहेको उनले उल्लेख गरे । उनले बेरोजगारी समस्यालाई गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्था अन्त्य गर्नुपर्ने बताए । “देशमै रोजगारी सिर्जना नगरी समृद्धि सम्भव छैन । युवाको सीप, ज्ञान र श्रमलाई स्वदेशमै उपयोग गर्ने नीति आवश्यक छ,” शाहीले भने । यसका लागि राज्यले उत्पादनमुखी अर्थतन्त्रतर्फ ध्यान दिनुपर्ने उनको धारणा थियो ।
पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार शाहीले संविधान संशोधनको विषयलाई पनि जोड दिए । वर्तमान संविधान ऐतिहासिक उपलब्धि भए पनि समय र आवश्यकता अनुसार संशोधन अपरिहार्य रहेको उनको भनाइ थियो । “संविधान जनताको जीवनसँग जोडिएको दस्तावेज हो । संघीयता, समावेशिता, अधिकारको कार्यान्वयन र शासन प्रणालीलाई अझ प्रभावकारी बनाउन संशोधन आवश्यक देखिएको छ,” उनले स्पष्ट पारे । उनले संविधान संशोधन कुनै दल वा समूहको स्वार्थका लागि नभई जनताको अधिकार सुनिश्चित गर्न केन्द्रित हुनुपर्ने धारणा राखे । विशेषगरी मधेश, आदिवासी जनजाति, दलित, महिला र पिछडिएका समुदायका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।
“कागजमा अधिकार भएर मात्र हुँदैन, जनताले अनुभूति गर्न पाउनुपर्छ,” शाहीले भने । नेकपा माओवादी केन्द्रको राजनीतिक धारणा जनमुखी र परिवर्तनकारी रहेको उल्लेख गर्दै उम्मेदवार शाहीले पार्टीले सधैं उत्पीडित, सीमान्तकृत र श्रमिक वर्गको पक्षमा राजनीति गर्दै आएको दाबी गरे । “जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको यात्रामा माओवादीले ऐतिहासिक भूमिका खेलेको छ । अब त्यो विरासतलाई सुशासन र विकाससँग जोडेर अगाडि बढाउने समय आएको छ,” उनको भनाइ थियो ।
कार्यक्रममा पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिँदै उम्मेदवार शाहीले “भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या केवल राजनीतिक नारा होइन, मानवीय र सामाजिक न्यायसँग जोडिएको विषय हो । वास्तविक भुमिहिनको पहिचान गरेर लालपूर्जा उपलब्ध गराउने काम राज्यको दायित्व हो ।भूमाफियालाई संरक्षण होइन, वास्तविक सुकुम्बासीलाई अधिकार दिनुपर्ने स्पष्ट नीति मेरो प्राथमिकतामा छ । संसदमा पुगेर यो विषयलाई निर्णायक ढंगले उठाउनेछु,” शाहीले भने । “लोकतन्त्रको मेरुदण्ड सञ्चार क्षेत्र हो । तर अहिले पत्रकार असुरक्षित छन्, सञ्चार गृहहरू आर्थिक दबाबमा छन् । राज्यले स्पष्ट, समावेशी र व्यवहारिक सञ्चार नीति ल्याउनुपर्छ । प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार र मर्यादालाई कानुनी रूपमा बलियो बनाइनुपर्छ । म संसदमा पुगेर सञ्चारमैत्री नीति निर्माणका लागि आवाज उठाउनेछु,” उनले स्पष्ट पारे ।
“दाङका नाका क्षेत्रहरु राज्यको नजरबाट ओझेलमा परेका छन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले दैनिक आवतजावत, व्यापार, सुरक्षा, सञ्चार, खानेपानी र रोजगारीका विषयमा ठूलो समस्या भोगिरहेका छन् । नाका व्यवस्थित नगरी स्थानीय अर्थतन्त्र बलियो हुँदैन । सीमावर्ती क्षेत्रलाई विकासको मूलधारमा ल्याउन पूर्वाधार, सुरक्षा र व्यापार सहजतामा विशेष कार्यक्रम आवश्यक छ,” शाहीको भनाइ थियो ।
शाहीले चुनाव जितेपछि पनि जनतासँग निरन्तर संवादमा रहने प्रतिबद्धता व्यक्त गरे । “चुनाव जितेपछि जनताबाट टाढा हुने प्रवृत्ति गलत हो । म जनताको प्रतिनिधि भएर जनताकै बीचमा रहनेछु,” उनले भने ।पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मी र नेकपा माओवादीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
