
Sds
mbd
Anm
Mbdvs
Gmk
Ksm
Pbu
Gisld
Rbs

Sbs
Rgu
Ksm
Bbbpu
Hal
Pvg
Asm
Bbu
Sls
Wsp
Tsm
Rsb
Ssm
Rgs
Vor
nsb
Ggd
Rgu
Gst

Gsb
Ptm
sab
Bml
Rpp
bbt
Jmb
Rmb
Mks
Pls
Syp
Jmb
Abd
दाङ । ज्योतिषमती विद्यापिठ लमहीको २० औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन अवसरमा बोल्ने वक्ताहरुले अनुशासित, संस्कारयुक्त र मानवताले भरिएको जनशक्ति तयार पार्न विद्यालयहरुले भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षता तथा नेपाल संस्कृति विश्व विद्यालयका उपकुलपती प्रा.डा.धनेश्वर नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालले भाषा, संस्कृतिहरुको संरक्षणमा विद्यालयहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुसार जिम्मेवारपूर्ण भूमिका बढाउन आग्रह गरे । सो अवसरमा ज्योतिषमती प्रज्ञान सम्मान २०८२ जन गायक जीवन शर्मा र पतञ्जली योग समिति नेपालका प्रभावरी लवदेव मिश्रलाई प्रदान गरिएको छ ।
यसैगरी ज्योतिषमती सामाजिक सेवा सम्मान २०८२ बाट निमबहादुर थापा र बिष्णुप्रसाद शर्मालाई प्रदान गरिएको छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी,पूर्व नगर प्रमुख कुलबहादुर केसी, पतञ्जली योग समिति नेपालका प्रभावरी लवदेव मिश्र लगायतले सम्वोधन गरेका थिए । विद्यापिठका निर्देशक सुधिरकुमार अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायणप्रसाद भुसालले बार्षिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जनचेतनामूलक साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल विनोद भट्टराई र शिक्षक लक्ष्मी पौडेलले गरेका थिए ।

