
Csbus
Bksbus5
Ssbus
Gsl
Pbu
Jsbus
gms
Nssbus7
Amb
Ddhbs
Ratbs
Gsbus
Rbs
dsbus

Tsm
Hal
Rsb
Bbu
Wsp
Pvg
Ggd
Gst
Sbs
Rgu
Vor
Sls
Rgs
Bbbpu
Asm
nsb
Ssm
Ksm
Rgu

Jmb
sab
Jmb
Rpp
bbt
Mks
Bml
Gsb
Pls
Abd
Rmb
Syp
Ptm
दाङ । नेपाली कङ्ग्रेस दाङ क्षेत्र नम्बर एकका उम्मेदवार योगेन्द्र चौधरी यतिबेला भालुबाङ बजारमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफलमा सक्रिय रहेका छन् ।
चुनाव नजिकिँदै गर्दा उनले घरदैलो तथा बजार केन्द्रित कार्यक्रममार्फत जनताका समस्या,गुनासा र अपेक्षाहरु सुन्ने काम गरेका हुन् ।भेटघाटका क्रममा स्थानीय व्यापारी,युवा, महिला तथा बृद्धबृद्धाले यसअघिका जनप्रतिनिधिहरूले जनतामुखी काम गर्न नसकेको गुनासो गर्दै यसपटक परिवर्तनको अपेक्षा व्यक्त गरेका छन् ।
त्यस्तै उनीहरुले रोजगारीको अवसर सिर्जना,भालुबाङलाई व्यवस्थित बजारको रुपमा विकास, सडक तथा ढल व्यवस्थापन, खानेपानी,स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार जस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । सो अवसरमा उम्मेदवार चौधरीले नेपाली कङ्ग्रेस सधैं लोकतन्त्र, विकास र जनताको पक्षमा उभिँदै आएको पार्टी भएको उल्लेख गर्दै आफू निर्वाचित भएमा भालुबाङ र देउखुरी क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै “जनताको आवाज नै मेरो मुख्य एजेन्डा हो । भालुबाङलाई दाङकै आर्थिक केन्द्रको रुपमा विकास गर्ने मेरो लक्ष्य छ,” उनले भने । स्थानीय युवाहरुले सीपमूलक तालिम,स्वरोजगार कार्यक्रम र लगानीमैत्री वातावरणको माग गरेका छन् भने महिलाहरुले स्वास्थ्य सेवा सहज र सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । किसानहरुले कृषि उत्पादनको उचित मूल्य,सिंचाइ सुविधा र बजार पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् । भेटघाट कार्यक्रममा सहभागी मतदाताहरुले यसपटक जनतासँग प्रत्यक्ष संवाद गर्ने,समस्या बुझ्ने र समाधानका लागि स्पष्ट योजना ल्याउने उम्मेदवारलाई जिताउनुपर्ने धारणा राख्दै योगेन्द्र चौधरीप्रति विश्वास व्यक्त गरेका छन् ।
