ओमप्रकाश गुप्ता शुक्रबार, माघ १६, २०८२

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेकपा एमाले दाङ क्षेत्र नम्बर १ मा शुक्रबार प्रचार भेला सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल दाङको आयोजनामा सम्पन्न उक्त भेलाले निर्वाचनलाई लक्षित गर्दै सञ्चार तथा प्रचार रणनीति तय गरेको हो । भेला लमही नगर अध्यक्ष किशन भट्टराईको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले लोकतान्त्रिक अभ्यासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै तथ्यमा आधारित, सकारात्मक र जनमुखी प्रचारमार्फत निर्वाचनमा पार्टीलाई बलियो बनाउने आवश्यकता औँल्याए । उनले पार्टीका नीति,कार्यक्रम र उपलब्धिलाई जनतामाझ प्रभावकारी रुपमा पुर्‍याउन सञ्चारकर्मीहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

त्यस्तै भेलामा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इञ्चार्ज टिकाबहादुर बस्नेत,नेकपा एमाले क्षेत्र नं. १ का संयोजक सहजराम यादव,जिल्ला प्रचार विभाग प्रमुख सङ्गीत बस्याल,प्रेस चौतारी नेपाल दाङका जिल्ला अध्यक्ष सुधासुमन ढकाल,लमही नगर अध्यक्ष रतनकुमार केसी,जिल्ला सदस्य पुष्पराज अधिकारी,प्रेम केसी,नगर सचिव पवन शर्मा रिजाल लगायत प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

यस्तै भेलामा आगामी निर्वाचनसम्म सञ्चालन गरिने प्रचार अभियान,सञ्चार रणनीति,सन्देश प्रवाहको प्रभावकारिता तथा पत्रकारहरुको भूमिकाबारे विभिन्न सुझाव र धारणा प्रस्तुत गरिएको थियो । सहभागीहरुले समन्वयात्मक ढंगले अघि बढ्दै निर्वाचन प्रचारलाई व्यवस्थित, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]