
Rgp
Rgp
Ggp
Sgp
lnp
Dus
Usb
Jns
Ggp
ksb
Rgp
Rgp
Asb
Lnp
Lks

lms

दाङ । सहिद दिवसको अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ काङ्ग्रेसी मनको आयोजनामा लमही बजार स्थित धमला चोकमा दिप प्रज्वलन गरेकाे छ ।
नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्ताेष बुढाथोकीको अध्यक्षता एवम् नेपाली काङ्ग्रेस सह-महामन्त्री याेगेन्द्र चाैधरीकाे प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका नेता मधु न्याैपानेकाे विशिष्ट अतिथिमा शुक्रबार सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हाे ।
त्यस्तै उपस्थित सबैले सहिदहरुको सम्मानमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । दीप प्रज्वलन कार्यक्रम अघि सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
सहिद दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले सहिदप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नुका साथै युवा पुस्तालाई राष्ट्रप्रेम र जिम्मेवारीप्रति सचेत गराउने उद्देश्य राखेको नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ५ का वडा सभापति रवि श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ५ का वडा सभापति रवि श्रेष्ठले सहिदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्ताेष बुढाथोकीले सहिद दिवसका अवसरमा सन्देश दिँदै, दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुईमत नभएको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरुको उपस्थिति रहेकाे थियो । नेपाली काङ्ग्रेस सह-महामन्त्री याेगेन्द्र चाैधरी दाङ क्षेत्र नम्बर १ काे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत रहेका छन् ।
