
Gsbus
Csbus
Gsl
Amb
Ddhbs
Ssbus
Jsbus
Rbs
Pbu
Ratbs
Bksbus5
Nssbus7
gms
dsbus

Ggd
Rgs
Rgu
Hal
Rgu
Vor
nsb
Bbu
Gst
Asm
Tsm
Ssm
Ksm
Bbbpu
Wsp
Sls
Pvg
Sbs
Rsb

Jmb
Rmb
Syp
Abd
Rpp
Mks
Jmb
Pls
Bml
Gsb
Ptm
bbt
sab
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो । तर उनले सामान्य रुपमा लिए । केही औषधि खाए ।
त्यस्तै चोट निको नहुँदै उनी आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फको चुनावी दौडमा हिँडे । कामको व्यस्तताले नियमित औषधि खान भ्याएनन् । दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो । खुट्टा रातो भयो । चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगे । परीक्षणको क्रममा उनलाई सेलुलाइटिस भएको पत्ता लागेको थियो । उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।
