
Asb
Rgp
Lks
Rgp
Lnp
ksb
Usb
Dus
Jns
Sgp
Rgp
Rgp
Ggp
Ggp
lnp

lms

रुपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।
जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । यसअघि महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको थियो ।
त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको थियो । लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको हो ।सिलापत्र
