
Dus
lnp
Lks
Rgp
Ggp
Asb
Rgp
Usb
Lnp
Rgp
Rgp
Sgp
ksb
Ggp
Jns

lms

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । यो सँगै राजमो आसन्न चुनावका लागि घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी बनेको छ ।
बुधबार बुटवलमा आयोजित कार्यक्रमबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् । केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता,सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्ने लगायतका विषयलाई समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।
त्यस्तै यसअघिको सरकारमा,सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजीओ आईएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको उनको आरोप छ । समयमा नै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरु चुनाव हुने भएपनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले टिप्पणी गरे ।
अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि,नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको जिकिर गरे । हरेक निर्वाचनबाट मुलुकलाई अप्ठ्यारोमा पार्ने व्यक्तिहरु नै सत्तामा आउने गरेको भन्दै यसपटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्ने व्यक्तिलाई मद्दत गरेर सदनमा पठाउन उनको आग्रह छ ।
त्यस्तै उनले आफ्नो पार्टी समेत निर्वाचनमा होमिएकाले मत दिन सम्पूर्ण मतदातालाई अपील समेत गरे ।
