
Amb
Bksbus5
gms
Ddhbs
Csbus
Pbu
Ssbus
Rbs
Ratbs
Jsbus
Nssbus7
Gsl
dsbus
Gsbus

Rgs
Rgu
Pvg
Rgu
Asm
nsb
Ggd
Tsm
Ssm
Gst
Wsp
Bbu
Vor
Ksm
Hal
Bbbpu
Sbs
Rsb
Sls

Pls
Gsb
Ptm
Jmb
Rpp
Jmb
Mks
Bml
bbt
Syp
Abd
sab
Rmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह सुदूरपश्चिम केन्द्रित चुनावी कार्यक्रम अन्तर्गत दार्चुला पुगेका छन् ।
पार्टीको चुनावी गतिविधिलाई लक्षित गरी गरिएको यस भ्रमणका क्रममा उनी बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका हुन् ।
त्यस्तै गोकुलेश्वरमा साहले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आगामी निर्वाचनका तयारीबारे छलफल गरेका छन् । सो अवसरमा उनले दार्चुलाबाट पार्टीका उम्मेदवार राजेशसिंह सामन्तसँग चुनावी रणनीति र संगठनात्मक विषयमा संवाद गरेको जनाइएको छ । साहको आगमनका बेला गोकुलेश्वर क्षेत्रमा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो। वरपरका गाउँबस्तीबाट आएका नागरिकहरू उनलाई हेर्न र भेट्न गोकुलेश्वर पुगेका थिए।
यस्तै रास्वपाका वरिष्ठ नेता साह तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतर्फ प्रस्थान गरेका थिए। बर्दियामा विभिन्न भेटघाट सकेपछि उनी सुदूरपश्चिम प्रदेशतर्फ लागेका हुन्। मंगलबार कैलाली र कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रमहरूमा सहभागी भएका साह बुधबार बिहान कैलालीबाट डडेल्धुरा र बैतडी हुँदै दार्चुला पुगेका थिए । रातोपाटी
