
Gsl
Amb
Ratbs
gms
Bksbus5
Rbs
Pbu
Ddhbs
Nssbus7
Jsbus
Gsbus
Ssbus
Csbus
dsbus

Bbu
Ssm
nsb
Tsm
Asm
Gst
Rgs
Sls
Rgu
Ksm
Rsb
Hal
Pvg
Wsp
Vor
Rgu
Ggd
Bbbpu
Sbs

Jmb
Rpp
Jmb
sab
Syp
Ptm
Rmb
bbt
Mks
Abd
Bml
Gsb
Pls
दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा कांग्रेस–एमाले गठवन्धनका तीन उम्मेदवार बिजय भएका छन् ।
आइतवार भएको मतदानबाट महिला कोटामा एमालेकी गुल्मीकी रामकुमारी झाक्री,अपांग कोटामा नेपाली कांग्रेसका दाङका बासुदेब घिमिरे र अन्य कोटाबाट नेपाली कांग्रेसका उम्मेदवार गुल्मीका चन्द्रबहादुर केसी बिजय भएका हुन् ।
निर्वाचनमा बिजयी महिला कोटाबाट रामकुमारी झाक्रीले ६३०३ मतभार प्राप्त गरेकि थिइन् भने अपांग÷अल्पसंख्यातर्फ बिजयी बासुदेब घिमिरेले ५३२२ मतभार प्राप्त गरेका थिए । त्यसैगरी अन्य कोटाबाट चन्द्रबहादुर केसीले ५९७७ मतभार प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।
यस्तै निर्वाचनमा पराजित महिला कोटामा नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पाका दुर्गाकुमारी भण्डारीले १३६२ मतभार, अपांग÷अल्पसंख्याक कोटामा बाँके निवासी सर्जन बिकले १६०१ मतभार प्राप्त गरेका थिए । अन्यमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट महिला कोटामा उम्मेदवार बनेकी प्युठान निवासी पद्मा पण्डितले १५२ मतभार र अन्यमा उम्मेदवार बनेका प्युठानकै बोमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरेका थिए । विहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानका क्रममा दुई सय ८६ मतदान भएको थियो । जसमा प्रदेशसभातर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गरेका थिए । निर्वाचनमा प्रदेशसभातर्फ पाँच जना र स्थानीय तहतर्फ आठ जना मतदाता उपस्थीत भएका थिएनन् ।
