
Ratbs
dsbus
Nssbus7
Rbs
Amb
Jsbus
gms
Ssbus
Bksbus5
Gsl
Ddhbs
Csbus
Pbu
Gsbus

Pvg
Sbs
Wsp
Ksm
Ssm
Rsb
Bbbpu
Hal
nsb
Tsm
Rgu
Rgs
Asm
Bbu
Gst
Rgu
Vor
Sls
Ggd

sab
Bml
Rmb
Ptm
Jmb
Syp
Pls
bbt
Mks
Gsb
Jmb
Rpp
Abd
दाङ । लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ति मगरले नेपाली छोराछोरीहरुलाई विदेशको मोह त्याग्न आग्रह गरेका छन् ।
देउखुरीको लमही स्थित रोजि बर्डस वालबाटीका माध्यमिक विद्यालयको शनिवार आयोजित रजत जयन्ती तथा २५ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै घर्तिले यस्तो बताएका हुन् । निजी क्षेत्रको माध्यमबाट शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको भन्दै सभामुख घर्तीले संघिय शिक्षा ऐन नआउदासम्म निजी बिद्यालयहरुलाई केहि जटिलता रहेको औंल्याए ।
नेपाली शिक्षाको मोडेल ब्यवहारीक नभएर अमेरिकी मोडेलको भएकोल अधिकांश बिद्यार्थीहरु १२ पास गरेपछि बिदेशमा जाने चिन्तन गर्नेगरेको उनले बताए । चिन र जापानको जस्तो ब्यवहारीक शिक्षा लागु भएमा मात्र नेपाली नागरिकहरुलाई स्वदेशको मोह बढ्ने र शिक्षा जिवनउपयोगी हुने उनले बताए ।
आजका बिद्यार्थीहरु शिक्षीत संगै ज्ञानी बन्न आवश्यक छ । आजको शिक्षाले विदेशमोह मात्र ल्याएको छ । विदेशको पारखी बन्दा देशभक्तिपूर्ण ब्यवहार र मान्यता सबै हराएर गै रहेको छ–घर्तीले भने आजका राजनेताहरुमा पनि पृथ्वीनारायण शाहको जस्तो देशभक्तिपुर्ण भावना छैन ।
बिद्यालयका अध्यक्ष नारायण आचार्यको अध्यक्षता र सभामुख घर्तिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिनिधीसभा दाङ क्षेत्र नम्बर १ का पूर्व सांसद मेटमणि चौधरी,लुम्बनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्मा,विद्यालयका संस्थापक अध्यक्ष तथा लमही नगरपालिकाका संस्थापक मेयर कुलबहादुर केसी,प्याब्सन दाङ जिल्लाका अध्यक्ष निर्मल न्यौपाने,पूर्व अध्यक्ष विनयकुमार मिश्रा,बिद्यार्थीहरु निर्मला घिमिरे,निरज रसाइली र प्रो आले लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा विद्यालयका पुर्व अध्यक्षहरु,पुर्व शिक्षकहरु,पुर्व उत्कृष्ट बिद्यार्थीहरु तथा शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान दिने सामाजिक देउखुरीका संघसंस्थाहरुलाई सम्मान गरिएको थियो भने बर्षधरीको पठनपाठन,अतिरिक्त कृयाकलाप र यसबर्षको एसइईको नतिजामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बिद्यालयको संस्थागत प्रतिवेदन र भावि योजनाका बारेमा प्रिन्सीपल बसन्त न्यौपानेले प्रतिवेदन पेश गरेका थिए । बिद्यालयका सहायक प्रिन्सीपल हुमनाथ रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सञ्चालन बिद्यालयका परिक्षा संयोजक,कृष्ण घिमिरे र प्लस टु कोडिनेटर पुर्ण वलीले गरेका थिए ।

