
Rgp
Rgp
Lnp
Jns
ksb
Ggp
Rgp
Lks
Rgp
lnp
Ggp
Dus
Sgp
Usb
Asb

lms

दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरले
दुई स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको छ । समितिले बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा राजपुर-५ जङ्ग्रहवा र राजपुर-२ बेला चोकमा बुधबार जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको हो ।
संस्थागत विद्यालय समन्वय समिति राजपुरका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता तथा राजपुर-५जङ्ग्रहवा निवासी स्थानीय समाजसेवी भोगेन्द्रसिङ राजपुतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको समितिले जनाएको छ ।
समितिका सचिव युवराज केसीद्वारा संचालित कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट गढवाका अर्विन चौधरी,अस्थायी प्रहरी पोष्ट चंगुवाका प्रदेशु चौधरी आमन्त्रित अतिथिहरु राजपुर-२ का वडा सदस्य गणेश चौधरी , समाजसेवी भुपेन्द्र ओली,समितिका सदस्य उमा भण्डारी,उमाकान्त यादव,सदस्य विद्यालयका शिक्षक,विध्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजपुतले यो कार्य निकै राम्रो भएको बताए । उनले आगामी दिनमा पनि यसैगरी सामाजिक कार्यमा निरन्तरता दिन समितिलाई राजपुतले सुझाव दिए ।
बसन्तपञ्चमीको अवसर पारी सामाजिक कार्य गरिएको समितिका अध्यक्ष टोपेन्द्र खनालको भनाई रहेको छ । राजपुर गाउँपालिकामा रहेका चार संस्थागत विद्यालय फेमिली प्याराडाईज इ. बो. स्कुल (मटेरिया),देउखुरी ग्रीन ल्याण्ड इङलिस बोर्डिङ स्कुल बेला,राजपुर हिमालय इङलिस बोर्डिङ स्कुल चंगुवा र बुद्ध किरण इङलिस बोर्डिङ स्कुल गंगदीको आर्थिक लगानीमा उक्त कार्य सम्पन्न भएको समितिले जनाएको छ ।
