
Sds
Pbu
Rbs
Mbdvs
mbd
Gisld

Gst
Sbs
Pvg
Ksm
Rsb
Sls
Ssm
Vor
Hal
Asm
Bbu
nsb
Ggd
Wsp
Tsm
Rgs
Rgu
Rgu
Bbbpu

Rpp
Rmb
Gsb
Mks
Pls
Abd
Ptm
sab
Jmb
Bml
bbt
Jmb
Syp
दाङ । राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणको लागि विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको छ । आगामी शैक्षिकसत्र देखी स्थानीय पाठ्यक्रम लागु गर्ने गरि तयारी स्वरुप विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको हो ।
गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक,वडा अध्यक्ष,क्रियाशिल राजनैतिकदलका प्रतिनिधि सहभागी रहेको कार्यशालामा शिक्षा युवा तथा खेलकुद शाखा संयोजक बिश्वास विकले कार्यपत्र प्रस्तुत गरेका थिए । सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यशालामा आगामी शैक्षिक सत्रलाई लक्षित गरि स्थानीय पाठ्यक्रम निर्माण गरिने योजना बनाईएको छ ।
पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि बिषय बस्तु छनौट सम्वन्धी कार्यविधि २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि अभ्यास गरिएको छ भने आगामी २ थप दुई दिन विषय विज्ञ तथा स्थानीय पाठ्यक्रम निर्माण विज्ञ सहितको कार्यशाला गरिने भएको छ ।
स्थानीय पाठ्यक्रमको अवधारणा,स्थानीय पाठ्यक्रमको सन्दर्भ,स्थानीय पाठ्यक्रमको सिद्धान्त, स्थानीय पाठ्यक्रमको सन्दर्भमा अन्तराष्ट्रिय परिदृष्य, स्थानीय पाठ्यक्रमका तत्व तथा मान्यता, स्थानीय पाठ्यक्रम निर्माणका सैद्धान्तिक आधार, स्थानीय पाठ्यक्रमको विकास, निर्माण र कार्यान्वयनका चुनौती,स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको औचित्य, स्थानीय पाठ्यक्रमको ढाँचाका बारेमा कार्यशालामा छलफल गरिएको युवा तथा खेलकुद शाखा युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनु भएको हो ।
विश्वव्यापी रूपमा सोच देखी स्थानीय रूपमा कार्यान्वयनमा ल्याऊ भन्ने मध्यमार्गी,समन्वयकारी अवधारणालाई मुर्त रूप दिनका लागि स्थानीय पाठ्यक्रमको आवश्यकता रहेका र गुणस्तरीय शिक्षाको महत्वपुर्ण आयामको रूपमा पाठ्यक्रमका विषय वस्तुलाई सान्दर्भिक गराउनपर्ने साथै विभिन्न स्थानीय,साँस्कृतिक, सामाजिक स्थानीय पाठ्यक्रम निर्माणको कार्यलाई प्रोत्साहन गर्न स्थानीय पाठ्यक्रम कार्यान्वयनको आवश्यक रहेको बताईएको छ ।
स्थानीय पाठ्यक्रम निर्माणका सवालमा धेरै बाधा व्यबधानहरू आइपर्ने र तीनको समाधानका लागि प्राविधिक,विशेषज्ञ,शिक्षाविद्,शिक्षक,शैक्षिक सामग्री आदिको समुचित प्रयोग र परिचालन आवश्यक रहेको समेत कार्यशालामा जानकारी गरिएको छ ।
कार्यशालामा स्थानीय पाठ्यक्रम विकास गर्दा राप्ती गाउँपालिकामा आवश्यकता पहिचान गरि स्थानीय तहका सरोकारवाला,विज्ञ,कुन कुन विषयमा स्थानीय तहको पाठ्यक्रम विकास गर्न सकिन्छ,सो कोआधार,आवश्यकता पहिचान गर्ने क्षेत्रहरु,सबैभन्दा बढी व्यक्तिले चाहेको र स्थानीय आवश्यकताको विषय, व्यवसायिक तथा गैह्र व्यावसायिक क्षेत्रलाई जोड दिईने भएको छ । सक्षमता निर्धारण गर्दा वैज्ञानिक,मापनयोग्य, विश्वसनियता, उपलब्धिमुलक र समयसीमाभित्र शिक्षण गर्न सकिने गरी तयार गरि विद्यार्थीको उमेर,अवस्था,बाल मनोविज्ञान, सिकाईस्तर,कक्षातह,विषयवस्तुको प्रकृति,स्रोत र साधनको उपलब्धता र उपयोग जस्ता कुराहरुलाई ध्यान दिईने शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनु भयो ।
कक्षागत सिकाई उपलब्धी निर्धारण सक्षमता निर्धारण गरीसकेपछि सक्षमता प्राप्त गर्न कक्षागत सिकाई उपलब्धी निर्धारण गर्दा स्थानीयस्तरका विषयवस्तुसँग मेल खाने गरि क्रियापद विशिष्ट किसिमको प्रयोग गरिने र विद्यार्थीको उमेर, बालमनोविज्ञान,समुदाय,स्थानीय स्रोत र साधनको उपलब्धतालाई मध्यनजर गरिने बताइएको छ ।
