
Sgp
Asb
Rgp
Ggp
Usb
Lnp
Rgp
ksb
Rgp
Dus
Jns
Lks
Rgp
Ggp
lnp

lms

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।
त्यस्तै सिकेसँगै यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
