
Lnp
Jns
ksb
Lks
Rgp
Usb
Asb
Rgp
Dus
lnp
Ggp
Rgp
Rgp
Ggp
Sgp

lms

झापा । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
दमकस्थित अर्गानिक कृषि बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर बालेनले उम्मेदवारी दर्ता गराएका हुन् । बालेनका समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन् । भट्टराई झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक हुनु भने बराल रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव हुन् ।
त्यस्तै गोर्खा किचन अगाडिबाट बाजागाजासहित र्याली लिएर बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस पटकको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चामा रहेको छ ।
यस्तै यहाँबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बनेका छन् । बालेन र ओली दुवै प्रधानमन्त्रीका दाबेदार भएकाले यस पटक झापा ५ को चुनाव रोचक बन्ने आकलन गरिएको छ ।अन्नपूर्ण
