Sidha Patra आइतबार, माघ ०४, २०८२

काठमाडौँ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट भट्टराई गोरखा- २ बाट उम्मेदवार बन्न लागेका हुन् । प्रलोपाका जिल्ला नेता यानप्रसाद भट्टका अनुसार अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको हो।

त्यस्तै अगुवा कार्यकर्ता भेलामा सहभागी भट्टराईलाई कार्यकर्ताले उम्मेदवार बन्न दबाब दिएको उपस्थित एक नेताले जानकारी दिए।

यस्तै भट्टराई २०६४ को संविधानसभा निर्वाचनमा पनि गोरखा–२ बाट निर्वाचित बनेका थिए भने २०७० मा गोरखा–१ बाट निर्वाचित बनेका थिए । २०७४ सालमा काङ्ग्रेससँगको गठबन्धनबाट गोरखा–२ मा विजयी बनेका भट्टराईले २०७९ मा भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]