
Asb
lnp
Sgp
Usb
Rgp
Dus
Rgp
Jns
Rgp
ksb
Ggp
Lnp
Lks
Ggp
Rgp

lms

काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पदाधिकारी बैठकले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले मान्यता दिएपछि आज (शनिवार) काठमाडौंमा पहिलो पटक बसेको केन्द्रिय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता,आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरु सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राख्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई यहासम्म ल्याउन खेलेको भुमिकाको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको गरेको छ । गामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगायत अग्रज नेताहरुको अभिभावकत्व रहिरहने बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले जानकारी बताए ।
त्यस्तै उनले अव पार्टी सम्पूर्ण रुपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गरे । चालिसेले पार्टीको विधान र संविधान अनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको बताए ।
