
Rgp
Dus
Lks
Jns
Asb
Rgp
lnp
Rgp
Lnp
ksb
Sgp
Ggp
Rgp
Usb
Ggp

lms

कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् ।
आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन् । उनले पछिल्लो समय काङ्ग्रेसमा किचलो रहेको र क्षेत्र नम्बर ३ मा एमालेबाट टिकटको सुनिश्चित भएपछि सो पार्टीमा प्रवेश गरेको जानकारी दिए ।
त्यस्तै उनले भने, ‘जिल्लामा काङ्ग्रेसको किचलोमा फस्नुभन्दा एमाले मै रहन उचित लागकोले प्रवेश गरेको हुँ ।’ कनौडिया यसअघि लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत रहेका थिए ।रातोपाटी
