Sidha Patra मंगलबार, पुष २९, २०८२

काठमाडौं । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीहरुको मृत्यु भएको छ।

मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ।

त्यस्तै मृतकहरु सबै सल्यानको सिद्धकुमार गाउँपालिका वडा नम्बर–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरीले बताए।

द न्यूज हिमाचलका अनुसार आगलागी राति करिब २ देखि ३ बजेको बीचमा भएको हो। आगलागी नेपाल मूलका परिवारको घरबाट सुरु भएको बताइएको छ । घरभित्र राखिएका ६–७ वटा एलपी ग्यास सिलिन्डरमा आगो सल्किएको अनुमान गरिएको छ। सिलिन्डरहरु एकपछि अर्को विस्फोट हुँदा आगो तीव्र रुपमा फैलिएको बताइएको छ।

त्यस्तै उद्धारको प्रारम्भिक चरणमा एक बालकको शव फेला पारिएको छ भने घरभित्र रहेका अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ ।अन्नपूर्णपोस्ट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]