
lnp
Rgp
Rgp
Jns
Sgp
ksb
Rgp
Rgp
Dus
Lnp
Ggp
Ggp
Lks
Usb
Asb

lms

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् ।
देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए । देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराज गन्जमा गुटको बैठक बोलाएका थिए ।
त्यस्तै आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा.मिनेन्द्र रिजाल पुगेका हुन् । देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाश शरण महत लगायतका नेताहरु सहभागी छन् ।
यस्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनसहितको कार्यविधि पारित गरिएपछि देउवा आगामी रणनीति बनाउन ढलफलमा जुटेको बताइएको छ। देउवा गुट विशेष महाधिवेशनको विपक्षमा छ । तर बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनलाई साथ दिएका छन् । विशेष पक्षधर महाधिवेशनमा भने दुई प्रतिवेदन समेत पेश भइसकेको छ । जसमाथि अहिले समूहगत छलफल हुँदैछ ।नेपाललाइभ
