
tssbus
Gsl
Sssbus1
Ssbus
nsm
Pbu
Sssbus1
Ssbus
Ssbus
ssbus

Rgs
Pvg
Tsm
nsb
Sls
Wsp
Bbu
Sbs
Ssm
Rgu
Hal
Ggd
Rsb
Asm
Bbbpu
Rgu
Gst
Ksm
Vor

Rmb
Mks
sab
Jmb
Gsb
Rpp
Jmb
bbt
Ptm
Bml
Syp
Pls
Abd
काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ ।
आइतबार आज बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिएको भएपनि केही ढिला गरी सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।
त्यस्तै अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ । यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।
यस्तै विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
त्यस्तै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । महाधिवेशन सोमबारसम्म चल्नेछ ।अनलाइनखबर
