
Ggp
Jns
lnp
Ggp
Dus
Usb
Rgp
Sgp
Rgp
Rgp
Lks
Asb
ksb
Rgp
Lnp

lms

काठमाडौँ । नेपाली काङ्ग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरुको भेला आयोजना गर्ने भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरुको भेला आह्वान भएको हो ।
नेपाली काङ्ग्रेस भित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो ।
बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरुले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरुको भेला बोलाइएको हो । भेलाको संयोजनको जिम्मा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई दिइएको छ ।
