
Ggp
Jns
ksb
Rgp
lnp
Ggp
Rgp
Sgp
Dus
Asb
Usb
Lks
Lnp
Rgp
Rgp

lms

दाङ । राष्ट्रिय सभा निर्वाचनकालागि लुम्बिनीमा एमाले-काङ्ग्रेस गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली काँग्रेसले दाङका बासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी,एमालेबाट गुल्मीकी रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै जंगली अपाङग कोटाबाट, झाँक्री महिला र केसीले खुल्ला कोटाबाट उम्मेदवार बनेका हुन् । उनीहरुले आज साढे २ बजेतिर दाङको घोराही स्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हन् ।
लुम्बिनीमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८७५३ मतभार छ । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४६८१ रहन्छ भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४१४२ रहन्छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।
त्यस्तै यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली काङ्ग्रेसको ३१७९ रहेको छ । एमालेको २८१० र नेपाली कम्युनिष्ट पार्टीको १३९६ छ । यस्तै राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टाीको ३८ र स्वतन्त्र ५३ मतभार रहेको छ ।
