
dsbus
Gsl
Nssbus7
Jsbus
Pbu
gms
Bksbus5
Ssbus
Csbus
Rbs
syysr
Amb
Ddhbs
Syees
Ratbs
Gsbus

Rgu
Rsb
Rgs
Gst
nsb
Hal
Ksm
Sbs
Rgu
Bbbpu
Asm
Tsm
Ggd
Ssm
Pvg
Wsp
Vor
Sls
Bbu

bbt
Abd
Bml
Rmb
Pls
Ptm
Rpp
Mks
Gsb
sab
Jmb
Syp
Jmb
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी फागुन २१ गते हुने निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्– म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !
उनी २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका थिए । उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् ।
त्यस्तै यसअघि ०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी जनता समाजवादीका नेता अशोककुमार राई सुनसरी १ बाट विजयी भएका थिए ।
