हेमराज शर्मा बुधबार, पुष २३, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा सरस्वती माध्यमिक विद्यालय काठेकोलका विद्यार्थीहरुलाई बिपत ब्यवस्थापन तथा बिबिध तालिम दिइएको छ ।

भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङको संयोजमा भएको कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय काठेकोलमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई समसामयिक ब्यवहारिक बिषयमा जानकारी गराइएको थियो ।

वडा अध्यक्ष रमेशकुमार पाण्डेको सभापतित्व एवं विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरिको प्रमुख आतिथ्यता र सहायक प्रधानाध्यापक प्रकाश डागीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा अध्यक्ष पाण्डेयले बिपत एकाएक आउने बिषय भएकोले विद्यार्थी मार्फत समाजमा बिपतबाट नागरिकलाई जोगाउने उद्देश्यले सचेततामूलक कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा ग्यास सिलिन्डर लिक भएर हुने आगलागीबाट बच्ने उपाय,फायर एस्टिङ गुइसर अग्नि नियन्त्रक उपकरणको प्रयोग,आगलागी नियन्त्रण गर्दा अपनाउने सावधानी,बाढिबाट बच्ने उपाय,पौडी खेल्दा लगाइने लाइभ ज्याकेटको प्रयोग र महत्त्व, डुवेको मानिसलाई उद्दार गर्ने तरिका, डुङ्गा डुब्दा गरिने उद्दारको कार्य लगाएतका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङका अध्यक्ष लिलाधर बस्नेतले समाज देखिएका बिपतका घटनाबारे जानकारी दिन र यसबाट बचाउनका सचेततामूलक कार्यक्रम विद्यालयमा गरिएको बताए । उनले सचेनामूलक यस्ता कार्यक्रम घोराही उपमहानगरपालिकाका धेरै विद्यालयमा लैजाने बताए ।

कार्यक्रममा भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङका अध्यक्ष लिलाधर बस्नेत,सचिव तिर्थराज पाण्डेय,कोषाध्यक्ष घनश्याम गिरि,सदस्यहरु धनिराम चौधरी,हेमन्त थापा,बिमल मगर,राम बहादुर चौधरी, मनोज डागी,मनजित बुढा,बिकास बस्नेत लगायतका प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य बिशाल बिष्टले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]