
Mbdvs
Rbs
mbd
Gisld
Sds
Pbu

Pvg
nsb
Ssm
Asm
Bbbpu
Sls
Rgu
Wsp
Tsm
Rsb
Ksm
Sbs
Vor
Hal
Ggd
Rgu
Bbu
Rgs
Gst

Rmb
Rpp
Bml
Syp
Mks
Abd
Jmb
Ptm
sab
Jmb
Pls
Gsb
bbt
दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन दलित संगठन क्षेत्र नम्बर १ दाङले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी क्यान्सर पीडित लक्ष्मी सुनारको अप्रेसन उपचारको लागि नगद १५,००० हजार आर्थिक संकलन गरि हस्तान्तरण गरेको छ ।
क्षेत्र नम्बर १ दाङका संयोजक पर्बल रसाइलीको नेतृत्वमा उक्त आर्थिक संकलन गरि पीडित सुनारका छोरी मिना सुनारलाई सोमबार हस्तान्तरण गरिएको हो । लक्ष्मीलाई क्यान्सर भएर हाल उपचारमा रहेको खबर थाहा पाएपछि संगठनले आर्थिक संकलन अभियान सुरु गरेको हो ।
त्यस्तै सो अभियानमा आर्थिक सहयोग गर्नेहरुमा तारा नेपालीले २ हजार,प्रीया गजमेरले २ हजार, राजकुमार नेपालीले २ हजार,चन्द्रवीर कामीले १ हजार,चन्द्र नेपालीले १ हजार,श्यामु सुनारले ५ सय,राम नारायण यादवले ५ सय,शोभा राम बिकले १ हजार,कल्सिङ्ग बिकले १२५०,टेकबहादुर बिकले १ हजार,प्रबल रसाइलीले २७५० गरि जम्मा १५ हजार संकलन गरि हस्तान्तरण गरिएको संयोजक रसाइलीले बताउनु भयो ।
उक्त आर्थिक सहयोग गर्दै संयोजक रसाइलीले लक्ष्मीको उपचारको लागि ब्यापारी,उद्योग व्यावसायिक,अन्य सम्बन्धित निकायलाई सक्दो आर्थिक सहयोग गर्न अनुरोध गर्नु भएको छ । लक्ष्मीको पारिवारिक अवस्था नाजुक रहेको र अप्रेसन उपचारमा झन्डै पउने एक लाखको हाराहारीमा खर्च भएको र अझै खर्च लाग्न सक्ने उहाँका छोरी मिनाले बताउनु भयो । लक्ष्मी हाल भारतको कृष्णनगर स्थित रवि हेल्थ केयर अस्पतालमा पाठेघरको अप्रेसन गरि उपचारत हुनुहुन्छ ।
