
Amb
Ssbus
Jsbus
Nssbus7
Gsbus
Bksbus5
gms
Gsl
Ratbs
Csbus
Pbu
Syees
Ddhbs
dsbus
Rbs
syysr

Asm
Wsp
Bbbpu
Bbu
Vor
Rgu
Sls
Sbs
Tsm
Ksm
Rsb
Hal
Rgu
nsb
Gst
Rgs
Ssm
Pvg
Ggd

Mks
Pls
Rpp
bbt
Rmb
Abd
Ptm
Jmb
sab
Gsb
Jmb
Bml
Syp
दाङ । पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको विप्लव नेतृत्वको नेकपा (माओवादी) ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टीले दाङका ३ वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको हो । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ।
उनी अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष समेत हुन् । भ्रष्टाचार बिरोधि अभियान्ता शाही देउखुरी क्षेत्रका ऊर्जाशील युवा नेताका रुपमा परिचित रहेका छन् । राजनीति शास्त्रमा एमफिल उत्तीर्ण शाही हाल धानखोला–लमही चारलेन सडक संघर्ष समितिको संयोजकका रुपमा अभियान सञ्चालन गरिरहेका छन् ।
त्यसैगरी,दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट लामो समयदेखि पार्टीको केन्द्रीय सदस्यका रुपमा सक्रिय बालकृष्ण पोखरेल (सविन) लाई एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ । दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालिरहेका सविन यस क्षेत्रका अनुभवी र परिचित नेतामध्य पर्छन् ।
त्यस्तै पार्टीले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शीतल) लाई पनि एकल उम्मेदवारका रुपमा अघि सारेको छ । माओवादी जनयुद्धकालदेखि नै भूमिगत तथा सक्रिय राजनीतिमा संलग्न शीतललाई पार्टीले अनुभवी नेतृत्वका रुपमा विश्वास गर्दै सिफारिस गरेको हो ।
पहिलो सहभागितामै तीनै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गर्ने माओवादीको निर्णयलाई राजनीतिक वृत्तमा सकारात्मक रुपमा हेरिएको छ। स्पष्ट उम्मेदवारी,अनुभव र संगठनात्मक बलका आधारमा माओवादीले दाङमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने संकेत दिएको विश्लेषण गरिएको छ ।
