
Bksbus5
Csbus
syysr
Ratbs
Ddhbs
dsbus
Jsbus
Rbs
Amb
Nssbus7
Gsl
Gsbus
Ssbus
Pbu
Syees
gms

nsb
Gst
Sbs
Tsm
Rgu
Asm
Rgu
Rsb
Sls
Bbu
Pvg
Ggd
Ksm
Hal
Vor
Wsp
Bbbpu
Ssm
Rgs

Pls
Gsb
Rmb
Jmb
Bml
sab
Rpp
Mks
Abd
bbt
Jmb
Syp
Ptm
दाङ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको १९औं वार्षिकोत्सव कार्यक्रम यही पुस २६ गते शनिवारका दिन लमही रातोडाँडा स्थित आफ्नै कार्यालयमा आयोजना गरिने भएको छ ।
सो अवसरमा १५ जना साहिहत्यिक स्रष्ठाहरुलाई सम्मान गरिने जानकारी संस्थाका सचिव बालमुकुण्द आचार्यले सञ्चारकर्मीहरुलाई दिए । संस्थाको मिति २०८२ पुस १९ गते बसेको कार्य समितिको बैठकले स्रष्ठा छनौट उपसमिति र बाल प्रतिभा प्रतियोगिता उपसमितिले सिफारिस गरेका नामहरु अनुमोदन गरेको हो ।
संयोजक युवराज भण्डारीको संयोजकत्वमा जीबराज शर्मा र केशव दिपक शर्मा सदस्य रहेको बाल प्रतिभा छनौट उपसमितिले १२ वटा विद्यालयबाट सहभागि २३ जना १६ वर्ष मुनिका छात्राछात्रहरु बीच निवन्ध लेखन/वाचन प्रतियोगिता आयोजना गरी प्रथम,द्वितीय,तृतीय र प्रोत्साहन पुरस्कार गरी ६ जना प्रतिभाहरु सिपफरिस गरेको थियो । निवन्धका शीर्षकहरु संस्कृति,स्वाभिमान, सुशासन र शान्ति मध्ये इच्छाएको विषयमा लेख्न एक घण्टा समय दिइएको थियो ।
पूर्व सचिव एवम् स्रष्ठा छनौट उपसमितिका संयोजक केशव शर्मा घिमिरे,सदस्य द्वय रेशम बिसी र रबिलाल आचार्यको सिफारिसमा संस्थाले अनुमोदन गरेका साहित्य सर्जक स्रष्ठाहरुमा १) ठागुरामपति प्रतिभा साहित्य सम्मान–श्रवण नेपाली २) कतार देखुरी साहित्य सम्मान–डा.लोकराज पराजुली ३) पोख्रेल पद्य साहित्य सम्मान–भूवन देवकोटा ४) ऋषिबिना साहित्य सम्मान–दीपक शर्मा ‘समिर’ ५) गंगातारा साहित्य सम्मान–उदय जि एम ६) कल्पना साहित्य सम्मान–निर्मला कार्की ७) ज्योतिसिंह साहित्य सम्मान–सुरेश सुमन डाँगी ८) शोभादेवी साहित्य सम्मान–चुमा आचार्य ९) जगतभिमा साहित्य सम्मान–बालगोबिन्द चौधरी १०) पाठककला/संगीत सम्मान–के एल पीडित ११) होत बिष्णु साहित्य सम्मान–हरि प्रसाद पाण्डेय १२) खिमानन्द केशरा साहित्य सम्मान–सुष्मा शर्मा १३) रामरुपनी साहित्य सम्मान–राधा गौतम १४) केदारत्न साहित्य सम्मान–हरि पोख्रेल १५) यादव चद्रिका प्रज्ञा सम्मान–हरेकृष्ण ज्ञवाली रहेका छन् ।
संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको “अग्रज/समाजसेवी सम्मान”बाट रेशमबहादुर खड्का र उषा आचार्य सम्मानित हुनुहुने भएको पूर्व सल्लाहकार मोहनकुमार पाण्डेय ‘शंकर’ले जानकारी दिए । साथै वार्षिकोत्सव कार्यत्रफ्मको सम्पूर्ण तयारी पूरा भएको व्यवस्थापन उपसमितिका सदस्य रबिलाल आचार्यले जानकारी दिए ।
