
lnp
ksb
Lks
Rgp
Ggp
Rgp
Rgp
Rgp
Usb
Ggp
Lnp
Dus
Sgp
Asb
Jns

lms

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दाङले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्ने भएको छ ।
दाङ शाखाले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थापना दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएको हो ।
प्याब्सन दाङले शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरुको साझा प्रतिनिधि संस्थाका रुपमा गुणस्तरीय शिक्षा,पहुँच विस्तार र शैक्षिक नवप्रवर्तनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको जनाएको छ । संस्थाले निजी विद्यालयहरुलाई सशक्त बनाउँदै सरकारी विद्यालयसँग सहकार्य गरी समग्र शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको दाबी गरिएको छ ।
प्याब्सन दाङको स्थापना ३५ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पुगेको उल्लेख गर्दै यो केवल वार्षिकोत्सव मात्र नभई जिल्लाको शैक्षिक विकासमा निजी विद्यालय क्षेत्रको भूमिका, प्रतिबद्धता र योगदानको पुनःपुष्टि हुने अवसर भएको बताइएको छ ।
स्थापना दिवसको अवसरमा यहीँ पुस २२, २३ र २४ गते विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय गरिएको छ । पुस २२ गते प्याब्सन दाङअन्तर्गतका नगर कमिटीहरुको सक्रियतामा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ । यसअन्तर्गत नगर समिति,घोराही नगर समिति, तुलसीपुर नगर समिति,लमही नगर समिति,गढवा नगर समिति लगायतका समितिहरुको समन्वयमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरिने जिल्ला अध्यक्ष निर्मल न्यौपानेले जानकारी दिए ।
त्यसैगरी पुस २३ गते शिक्षा क्षेत्र र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्याब्सन दाङ र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा चित्र मेमोरी प्रतियोगिता आयोजना गरिने छ । पुस २४ गते स्थापना दिवसको मुख्य कार्यक्रममा दाङ जिल्लाको शैक्षिक अवस्थाबारे बहस,पुरस्कार तथा सम्मान कार्यक्रम,साथै औपचारिक समारोह आयोजना गरिने प्याब्सन दाङले जनाएको छ ।
यस्तै हाल प्याब्सन दाङअन्तर्गत १६५ वटा सदस्य विद्यालयहरु रहेका छन् । ती विद्यालयहरुले शिक्षा सेवाका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएको अध्यक्ष न्यौपानेको भनाई रहेको छ ।
