
dsbus
Nssbus7
Gsl
Rbs
Ddhbs
Bksbus5
Jsbus
Amb
Pbu
Ratbs
gms
Ssbus
Gsbus
Csbus

Bbbpu
Rgu
Sbs
Sls
Ggd
Rgu
Asm
nsb
Pvg
Gst
Hal
Vor
Rgs
Ssm
Wsp
Ksm
Rsb
Bbu
Tsm

Mks
Gsb
Jmb
sab
Pls
bbt
Abd
Bml
Ptm
Syp
Rmb
Rpp
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरखा माध्यमिक विद्यालयको १५ औं खेलकुद सप्ताहको बुधबार समापन गरिएको छ ।
गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री पाण्डेयले खेल क्षेत्र स्वास्थ्यकालागि मात्रै नभई पहिचान बनाउनकालागि समेत महत्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै उनले खेललाई समृद्धिसंग पनि जोड्नु पर्ने बताए । विद्यालय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुर्याउने समेत उनको भनाई थियो ।
विद्यालयका प्रधानाध्यापक बिजयमान जीएमले स्वागत मन्तब्य ब्यक्त गर्दै खेलले विद्यार्थीलाई हरेक चुनौतिसंग जुध्न सहयोग पुग्ने बताए । उनले खेलले हारलाई सहजै स्वीकार गर्न सक्नुकासाथै जीवनका हरेक परिस्थितिको सामना गर्न पनि सक्ने क्षमताको विकास गर्न भूमिका खेल्ने बताए । साथै उनले विद्यालयबाट राष्ट्रिय स्तरकै खेलाडी उत्पादन गर्न भूमिका खेलेको समेत बताए ।
विद्यालयमा भएको क्रिकेट प्रतियोगिता,फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता,मिनी म्याराथुन दौड,लङजम्प,हाइजम्प, एथ्लेटिक्स लगायतका खेलको समापन गर्नुकासाथै पुरस्कार वितरण गरिएको हो । विद्यालयले प्रतियोगितामा बिजयी खेलाडीलाई शिल्ड,मेडल र प्रमाणपत्र समेत वितरण गरेको छ ।
त्यस्तै सप्ताह खेलकुदमा पहिलो,दोस्रो,तेस्रो हुने टिमको नाम संस्थापक अध्यक्ष मानबहादुर बुढाले गरेका थिए ।कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सुधान्सु गुप्ताले गरेका थिए ।


