
Lks
Jns
Usb
Dus
Ggp
Rgp
lnp
Asb
Rgp
Rgp
Ggp
Lnp
Rgp
Sgp
ksb

lms

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री,कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताएका छन् ।
मदन-आश्रित प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको बताए । ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ ।
प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’ रास्वपा सभापति रवि लामिछाने र शाहबिच भएको सम्झाैताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने ‘पार्टी सभापति एउटालाई,उपसभापति अर्कालाई,पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ती सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो ।’
अध्यक्ष ओलीले त्यसबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँडिएको बताए । ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ ’ अध्यक्ष ओलीले भने ‘एमाले–कांग्रेस बाहेक अरूले सरकार बनाउन सम्भव छ र ?’
त्यस्तै अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद तत्काल पुनर्स्थापना हुनुपर्ने समेत बताए । सरकार बनाउने,कसलाई हटाउने, कसलाई राख्ने भन्ने थलो संसद भएकोले यसलाई असंवैधानिक व्यक्तिले विघटन गरेर संविधानलाई सङ्कटमा पारेको उनले बताए ।
