रोशन यादव सोमबार, पुष १४, २०८२

दाङ । बालबालिकाको शिक्षामा सानो सहयोगले ठूलो सपना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण राजपुर गाउँपालिका–१,गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा देखिएको छ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ५३ हजार २ सय ५० बराबरको स्टेसनरी सामग्री हस्तान्तरण गरि एक परिवारले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । बुवा टीका मल्ल र आमा नूतन सिं ठकुरीको आर्थिक सहयोगमा उनकी छोरी प्रिस्का मल्लको जन्मदिनको अवसर पारेर उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

जन्मदिनलाई केवल केक काट्ने र रमाइलोमा सीमित नगरी समाजका नानीहरूको भविष्य उज्यालो बनाउने माध्यम बनाइनु आफैंमा प्रेरणादायी कार्य बनेको छ । विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई कापी,कलम,पेन्सिल,इरेजर ज्यामेट्री लगायतका आवश्यक स्टेशनरी सामग्री प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ । हाल बुवा टीका मल्ल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा बसोबास गर्दै आएका छन् । टाढा रहेरपनि आफ्नो जन्मभूमि र विद्यालयप्रतिको माया र जिम्मेवारी उनको यो सहयोगबाट प्रष्ट झल्किएको छ।

कार्यक्रममा राजपुर गाउँपालिकाका शिक्षा साखा प्रमुख बसु खनाल,वडा नम्बर १ का वडा अध्यक्ष सूर्य प्रसाद चौधरी मार्फत विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो लगानी भएको बताउँदै यस्ता मानवीय र सामाजिक कार्यहरुले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखेका थिए ।विद्यालयका प्रधानाध्यापक शाहीले सहयोगी परिवारप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यले विद्यार्थीहरुको मनोबल बढ्नुका साथै पढाइप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन समेत प्रधानाध्यापक शाहीले नै गरेका थिए । जन्म दिनको कार्यक्रममा विद्यालयका शिक्षक– शिक्षिकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने विद्यार्थीहरुको मुहारमा देखिएको खुशीले कार्यक्रमलाई अझै भावुक र स्मरणीय बनाएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]