
Nssbus7
Bksbus5
gms
Gsbus
Ddhbs
Amb
Jsbus
Gsl
Ssbus
Ratbs
Pbu
Csbus
Rbs
dsbus

Tsm
Gst
Rsb
Ssm
nsb
Rgu
Sls
Wsp
Rgu
Hal
Bbu
Ksm
Sbs
Rgs
Bbbpu
Vor
Ggd
Asm
Pvg

bbt
Mks
Pls
Rmb
Rpp
Jmb
sab
Bml
Ptm
Abd
Gsb
Jmb
Syp
दाङ । बालबालिकाको शिक्षामा सानो सहयोगले ठूलो सपना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण राजपुर गाउँपालिका–१,गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा देखिएको छ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ५३ हजार २ सय ५० बराबरको स्टेसनरी सामग्री हस्तान्तरण गरि एक परिवारले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । बुवा टीका मल्ल र आमा नूतन सिं ठकुरीको आर्थिक सहयोगमा उनकी छोरी प्रिस्का मल्लको जन्मदिनको अवसर पारेर उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
जन्मदिनलाई केवल केक काट्ने र रमाइलोमा सीमित नगरी समाजका नानीहरूको भविष्य उज्यालो बनाउने माध्यम बनाइनु आफैंमा प्रेरणादायी कार्य बनेको छ । विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई कापी,कलम,पेन्सिल,इरेजर ज्यामेट्री लगायतका आवश्यक स्टेशनरी सामग्री प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ । हाल बुवा टीका मल्ल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा बसोबास गर्दै आएका छन् । टाढा रहेरपनि आफ्नो जन्मभूमि र विद्यालयप्रतिको माया र जिम्मेवारी उनको यो सहयोगबाट प्रष्ट झल्किएको छ।
कार्यक्रममा राजपुर गाउँपालिकाका शिक्षा साखा प्रमुख बसु खनाल,वडा नम्बर १ का वडा अध्यक्ष सूर्य प्रसाद चौधरी मार्फत विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो लगानी भएको बताउँदै यस्ता मानवीय र सामाजिक कार्यहरुले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक शाहीले सहयोगी परिवारप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यले विद्यार्थीहरुको मनोबल बढ्नुका साथै पढाइप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन समेत प्रधानाध्यापक शाहीले नै गरेका थिए । जन्म दिनको कार्यक्रममा विद्यालयका शिक्षक– शिक्षिकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने विद्यार्थीहरुको मुहारमा देखिएको खुशीले कार्यक्रमलाई अझै भावुक र स्मरणीय बनाएको थियो ।
