
Ssbus
Gsl
Ddhbs
Rbs
Pbu
Bksbus5
Syees
Jsbus
Csbus
Ratbs
dsbus
Amb
Nssbus7
syysr
Gsbus
gms

Rgs
Rgu
Rgu
Tsm
Rsb
Ksm
Gst
Hal
Bbu
Sls
Ggd
Bbbpu
Asm
Ssm
Wsp
Pvg
Sbs
nsb
Vor

Rpp
sab
Jmb
bbt
Bml
Jmb
Ptm
Pls
Rmb
Syp
Abd
Gsb
Mks
दाङ । नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस भएका छन् । उनी दुई पटक सम्म सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसैगरी लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिसमा परेका छन् । प्रदेश सभा सदस्य इन्द्रजित थारु सिफारिस सूचीको अन्तिममा छन् । सिफारिसमा परेका अन्यमा सुदन प्रसाद खनाल,अमर कुँवर,नव युवाबाट विनोद कुमार सोनी,दीपा रोकामगर र लुमबहादुर कार्की छन् ।
त्यसैगरी दाङ क्षेत्र नम्बर २ बाट निर्मल आचार्य पहिलो नम्बरमा सिफारिसमा परेका छन् । दोस्रो नम्बरमा हेमराज शर्मा पोख्रेल (डायमण्ड) छन् । यसैगरी युवाबाट कविराज केसी, खिमबहादुर चौधरी, युवाबाटै गिरबहादुर महरा र मिना बुढा चौधरी पनि दुई नम्बर क्षेत्रबाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी रेखा शर्मा भने यसपटक सिफारिसमा परिनन् ।
यस्तै क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य धनबहादुर मास्की पहिलो नम्बरमा सिफारिस भएका छन् । यसैगरी मधुकर रिजाल,पुनम शेरपाईली,अखिल क्रान्तिकारीका नेता नरेश रेग्मी,वाईसीएल अध्यक्ष पुष्प वली पनि क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका छन् । अन्यमा विरेन्द्र विक,विप्लव वली,गोपाल वली, हरिश गिरी पनि सिफारिस भएका छन् । पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको छ ।
