
gms
Pbu
Gsbus
Amb
Gsl
Nssbus7
Jsbus
Ratbs
Bksbus5
Csbus
Ssbus
Ddhbs
dsbus
Rbs

Sls
Tsm
Rgu
Rgs
Ssm
Hal
Sbs
Vor
Ksm
Asm
Pvg
Bbu
nsb
Bbbpu
Wsp
Ggd
Rsb
Rgu
Gst

Rpp
bbt
sab
Ptm
Abd
Pls
Rmb
Jmb
Gsb
Syp
Mks
Jmb
Bml
दाङ । दुर्गाभवानी आधारभूत विद्यालयले हाट बजार राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा पहिलोपटक विद्यार्थी केन्द्रित परिकार प्रदर्शनी तथा उत्पादन बिक्री कार्यक्रम आयोजना गरेको छ ।
कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले तयार पारेका बिर्यानी–टमाटर सुप,पानीपुरी,दहीपुरी,पकौडा,बुझा, लड्डु लगायतका परिकारहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए । साथै विद्यालयमा उत्पादन गरिएका टमाटर,प्याज,लौका, फुल, काक्रो,फर्सी लगायतका अर्गानिक तरकारीहरू बजार मूल्यभन्दा सस्तो दरमा वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक केशवप्रसाद आचार्यका अनुसार विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप, आत्मनिर्भरता र उद्यमशीलता विकास गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । “पढाइ मात्र होइन,जीवन उपयोगी ज्ञान,बोल्ने क्षमता र आयआर्जनका सीप पनि आवश्यक छ रहेकोले हामी शिक्षकहरुले सहजीकरण गरिदिएका हौ भनेर बताए ।
कार्यक्रम सञ्चालनका लागि कक्षा ८ का विद्यार्थीहरुले प्रति व्यक्ति २०० रुपैयाँ र कक्षा ६ तथा ७ का विद्यार्थीहरुले प्रति व्यक्ति १०० रुपैयाँ संकलन गरेका थिए । कार्यक्रममा कक्षा ८, ७ र ६ बाट २–२ वटा स्टल राखि परिकार प्रदर्शनी गरिएको थियो । कार्यक्रमबाट संकलित रकमको केही अंश दिनदुखीलाई सहयोग तथा केही रकम विद्यालयको शैक्षिक गतिविधिमा लगानी गर्ने योजना रहेको कक्षा ८ की विद्यार्थी जित्मली बिष्टले जानकारी दिए ।
त्यस्तै कक्षा ८ सम्म अध्यापन हुने दुर्गाभवानी माध्यमिक विद्यालयले यस प्रकारको व्यवहारिक र उद्यमशील गतिविधि सञ्चालन गर्ने पहिलो विद्यालय भएको दाबी गरिएको छ ।

