
Bksbus5
Syees
syysr
Pbu
Csbus
Ratbs
Gsl
Ddhbs
Amb
gms
Gsbus
Rbs
Ssbus
dsbus
Jsbus
Nssbus7

Ssm
Wsp
nsb
Asm
Ggd
Bbu
Pvg
Gst
Hal
Sls
Rsb
Rgu
Vor
Tsm
Bbbpu
Rgu
Ksm
Sbs
Rgs

Syp
Pls
Rpp
sab
Gsb
Bml
Rmb
Abd
Jmb
Ptm
bbt
Jmb
Mks
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजीहरुलाई साथ लिएर रास्वपाले देश बनाउने बताएका छन् ।
अब देश निर्माणको जिम्मेवारी रास्वपाको काँधमा आएको उनको दावी छ । शनिबार आज चितवनमा आयोजित विशेष सम्बोधन कार्यक्रममा बोल्दै उनले रास्वपा २०८४ को निर्वाचनको तयारीमा केन्द्रित भइरहेका बेला जेनजी पुस्ताले सरकारमाथि हस्तक्षेप गर्दै सत्ता समीकरण नै हल्लाइदिएको उल्लेख गर्दै त्यसलाई सकारात्मक संकेतका रुपमा लिएको बताए ।
‘हामी चुनाव कुरेर बसेका थियौँ,तर जेनजीले बीचमै सरकारलाई तागत देखाइदियो,’उनले भने । देशको वर्तमान संरचना जलेको जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै उनले राज्यले नागरिकका सपना खोसिरहेको टिप्पणी गरे । ‘सिंहदरबार पनि बनाउँला,न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ?’ उनले प्रश्न गरे, ‘म भन्छु, हामी बनाउँछौँ। जेनजीको साथ बोकेर अब देश बनाउन हामी लाग्छौँ,रास्वपा लाग्छ ।’
त्यस्तै उनले जेनजी पुस्ताका युवायुवतीसँगै अब आफू पनि देश निर्माणको यात्रामा थपिएको उल्लेख गर्दै राजनीतिक परिवर्तनको नेतृत्व नयाँ पुस्ताले गर्ने संकेत गरे ।
