Sidha Patra शनिबार, पुष ०५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्‍यालीहरु निस्किएका छन् ।

भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्‍यालीहरु सुरु भएका हुन् । उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरु र्‍यालीसहित प्रदर्शनीमार्गमा रहेको पद्मोदय मोड नजिक बनाइएको मुख्य मञ्चतर्फ जान थालेका छन् ।

त्यस्तै पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन,धादिङ,मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरु सुन्धाराबाट र्‍याली सुरु भएको छ । रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्‍याली आउँदै छ । यस्तै बूढानीलकण्ठ,गोकर्णेश्वर,कागेश्वरी –मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३,४ र ५ को र्‍याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं–१ र २,भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक,दोलखा,सिन्धुली र रामेछापको र्‍याली बबरमहलबाट सुरु भएको छ ।

त्यस्तै सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]