Sidha Patra आइतबार, फाल्गुण १६, २०७७

दाङ । उच्च अदालत,सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय,दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ‘२.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याएका छौं,दाङका डीएसपी मुकुन्द रिजालले भन्नू भयो । हाल उहाँलाई इलाका प्रहरी कार्यालय,तुलसीपुरमा राखिएको छ ।

इप्रका,तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् । थप अनुसन्धान भइरहेको भनिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]