ओमप्रकाश गुप्ता बुधबार, पुष ०१, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ पत्थरगढमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सब कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय प्रशासन जिम्मेवार रहेको बताएका छन् । त्यस्तै उनीहरुले अभिभावकहरु पनि आफ्ना बालबालिकाको आनीबानी सुधार गर्न र शैक्षिक क्रियाकलापमा जागरुक गराउन सक्नुपर्ने बताएका थिए ।

विद्यालयका सह प्रधानाध्यापक गोपाल पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरे, शिक्षक अभिभावक संघ सदस्य हुकुम बहादुर घर्ती, शिक्षक विष्णुप्रसाद चाैधरी,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बाल दिवसमा आयोजित विभिन्न प्रतियोगिताका बिजेता,शुक्रबारिय कार्यक्रम अन्तरतगत अतिरिक्त क्रियाकलापका बिजेता, वार्षिकोत्सबका अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका बसन्ती कुमारी चाैधरीले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]