
Sssbus1
Ssbus
ssbus
tssbus
Ssbus
Pbu
Sssbus1
Ssbus
Gsl
nsm

Rgs
Hal
Sls
Asm
Pvg
Tsm
Ssm
Rgu
Wsp
Bbbpu
Rgu
nsb
Sbs
Vor
Ggd
Gst
Bbu
Rsb
Ksm

Jmb
Pls
Jmb
Rmb
Ptm
Bml
bbt
sab
Rpp
Mks
Syp
Gsb
Abd
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा निर्माणाधीन विकास आयोजनाहरुको निरीक्षण तथा राजनीतिक भेटघाटका लागि चार दिने भ्रमणमा निस्कने भएका छन् ।
मन्त्री घिसिङ आज बेलुका काठमाडौँबाट धनगढी प्रस्थान गरी पुस ३ गतेसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामामा निर्माणाधीन आयोजनाहरुको अनुगमनमा जान लागेका हुन् ।
मन्त्रीको सचिवालय दिएको भ्रमण तालिकाअनुसार, मन्त्री घिसिङ सोमबार बेलुका धनगढी पुगेर कञ्चनपुर बस्ने कार्यक्रम तय भएको छ । पुस १ गत बिहान उनले महेन्द्रनगर स्थित महाकाली सिँचाइ आयोजनाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै सोही दिन मन्त्री घिसिङले महेन्द्रनगरदेखि पहल्मानपुर कान्द्रा नदी क्षेत्रको अवलोकन गर्दै जानकी गाउँपालिकास्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । दिउँसो जानकीबाट जोशीपुर हुँदै हुलाकी सडक मार्फत टीकापुर पुगेर उनले टीकापुर पार्कको भ्रमण तथा अनुगमन गर्नेछन् ।
यस्तै पुस २ गते मन्त्री घिसिङ बर्दियाको राजापुर क्षेत्रमा जाने कार्यक्रम तय भएको छ । उक्त दिन मन्त्री घिसिङले सत्तीघाट तटबन्ध,भिममापुर सिँचाइ र शंकरपुर बोर्डरदेखि कोठियाघाटसम्मको डुबान क्षेत्र तथा जङ्गली जनावरको समस्याबारे स्थलगत अवलोकन गर्ने छन् ।
मन्त्री घिसिङले ओखरिया दौलतपुरमा विकास निर्माणको शिलान्यास गर्ने र राजापुरको लठ्ठौहवा आयोजना हुने उज्यालो नेपाल पार्टीले आयोजना गरेको प्रवेश कार्यक्रममा सहभागी हुने तालिका छ। गुलरिया नगरपालिका वडा नम्बर १ मा बन्दै गरेको सिँचाइ नहरको अनुगमन गर्ने कार्यक्रम छ ।
भ्रमणको अन्तिम दिन पुस ३ गते बिहान मन्त्री घिसिङले खैरापुरमा पार्टी कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता हुनेछन् । त्यसपछि उनले गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा भत्केको जब्दी पुलको स्थलगत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।
मन्त्री घिसिङको यो भ्रमण मुख्यतया सिँचाइ आयोजनाहरुको प्रगति विवरण बुझ्न,बाढी तथा डुबानका समस्या समाधानको पहल गर्न र पार्टी सङ्गठन सुदृढीकरणमा केन्द्रित रहने बताइएको छ।
