
Gsb
Ppu
Rsb
Nsb
Usb
Ksb
Rks
Tgp
Ssb
Csb
Ssb
Fmb
Bsn
jsb
Ksb
Ksb

Hl1
Usb
Gsb
Ssb
Tsb

Rgu
Nps
ptl
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् ।
एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोख्रेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरु राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।
त्यस्तै महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । यस्तै उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रुपमा भूमिका खेल्ने बताए ।
