
Bs1
Ssbus
Sssbus1
Gsl
nsm
Ssbus
ssbus
Ssbus
Pbu
Sssbus1
tssbus

Gst
Rgs
Bbbpu
Rgu
Rsb
Asm
Ssm
Wsp
Ksm
Sls
Bbu
Tsm
Rgu
Hal
Vor
Sbs
Ggd
Pvg
nsb

Gsb
Pls
Jmb
Jmb
Abd
sab
Ptm
bbt
Syp
Rpp
Rmb
Bml
Mks
दाङ । देउखुरी उद्योग बाणिज्य संघ लमहीको १७ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष कृष्ण कुमार पन्त ‘राकेश’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस नेत्री गिरिजा देबी न्यौपाने,नेकपा प्रतिनिधि द्वण्डीराम चौधरी, सँस्थाका पुर्ब अध्यक्ष लिलाराम खनाल,लमही खानेपानी सँस्थाका सचिब सनम पौडेल,देउखुरी क्रिकेट क्लबका अध्यक्ष शोभाराम पौडेल,नेपाल पत्रकार महासंघ दाङ शाखा कि उपाध्यक्ष लिला शाह,लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिम बहादुर केसी लगायतका बक्ताले देशको समृद्धीका लागि बाणिज्य संघको पनि भुमिका रहने हुँदा आर्थिक क्रान्ती तर्फ उन्मुख हुनुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा सँघका महासचिब कमलजँग सिँह ठकुरीले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष केशब घिमिरेले आर्थिक बर्ष २०७६/०७७ को ३७ लाख ६२ हजार १ सय ७४ रुपैयाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै एम्बुलेन्स तर्फको ४ लाख ९५ हजार १ सय ४५ रुपैया र महोत्सब सञ्चालन पश्चात् उठ्नुपर्ने २ लाख ३५ हजार ७ सय २६ रुपैयाको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियो ।
संघका सदस्य बिनोद कुमार पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमा विभिन्न ३ उत्कृष्ट ब्यबसाय गरि रोजगार प्रदान गरेको भन्दै सम्राट सिमेन्ट उद्योग,लंघाली मसला उद्योग र कौशल जनरल स्टोरलाई सम्मान गरिएको थियो ।
त्यस्तै भवन निर्माणका क्रममा सहयोग गरेको भन्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्ब अध्यक्षहरु धर्मराज श्रेष्ठ र चन्द्रराज पन्त,चन्द्रबहादुर भट्टराई गरि ३ जनालाई सम्मान गरिएको थियो । यसैगरी महामारी रुपमा फैलिएको कोभिड-१९ का समयमा आफ्नो स्वास्थ्यको प्रबाह नगरी पत्रकारिताको माध्यमबाट जनताको सुरक्षाका निम्ति योगदान पुर्याएको भन्दै संघले देउखुरीका ६ जना क्रियासिल पत्रकारहरुलाई सम्मान गरेको छ । जसमध्य पत्रकार महासंघ दाङकि उपाध्यक्ष लिला शाह, प्रदेश टुडे दैनिकका टेकबहादुर पुन,युगबोध दैनिकका दशरथ घिमिरे र राधेस्याम गुप्ता,गोरक्ष दैनिकका शिबराज खनाल र गोरखापत्रका दिवाकर पोख्रेललाई सम्मान गरेको हो ।
त्यसैगरी संघले कार्यालय सचिब भेषराज भट्टराई, कार्यालय सहयोगी खुमबहादुर रावत,पुर्ब कर्मचारी प्रमिला भट्टराई,चौकिदारहरु खुतबहादुर कार्कि र आईतराम कुमाल,एम्बुलेन्स चालक अबिक रोका मगरलाई पनि सम्मान गरेको थियो । साथै यही १९ गते हुने बन्द सत्र कार्यक्रममा उद्योगी,व्यापारी लगायत सबैमा उपस्थितिका लागि बाणिज्य संघले सबैमा अनुरोध गरेको छ । कार्यक्रमको सञ्चालन महासचिब कमलजँग सिँह ठकुरीले गर्नु भएको थियो ।
