
Ddhbs
Gsbus
gms
Amb
Ratbs
Csbus
Nssbus7
Gsl
syysr
Jsbus
Syees
dsbus
Rbs
Ssbus
Bksbus5
Pbu

Rgs
Wsp
Tsm
Sbs
Ssm
Hal
Asm
Pvg
Sls
Bbbpu
Bbu
Vor
nsb
Ksm
Gst
Rgu
Ggd
Rgu
Rsb

Ptm
Jmb
Mks
Pls
Bml
Jmb
Syp
Rmb
sab
bbt
Abd
Gsb
Rpp
एजेन्सी । म्यानमारको अस्पतालमा सैन्य हवाई आक्रमण हुँदा ३० जनाभन्दा बढीको ज्यान गएको छ । सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरुले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन् । जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ ।
एक सैन्य जेटले बुधबार साँझ बंगलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायताकर्मी वाई हुन आङले बताएका छन् । अवस्था निकै डरलाग्दो भएको बताउँदै उनले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताएका छन् ।
त्यस्तै अस्पताल बाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको एक जना सहायता कार्यकर्तालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । जुन्टाका प्रवक्तालाई हालसम्म सम्पर्क गर्न नसकिएको जनाइएको छ । राखाइन राज्य लगभग पूर्ण रुपमा अराकान आर्मी (एए) द्वारा नियन्त्रित छ भने एक जातीय अल्पसंख्यक समूह सेनाले लोकतान्त्रिक नेता आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्नुभन्दा अघिदेखि सक्रिय छ । स्वास्थ्य विभागको विज्ञप्तिमा हवाई आक्रमणमा अस्पतालका १० जना बिरामीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
यस्तै शक्तिशाली प्रतिद्वन्द्वी-ए. ए. म्यानमालाई ध्वस्त पार्ने गृहयुद्धमा सबैभन्दा शक्तिशाली विपक्षी समूहहरु मध्ये एकको रुपमा देखा परेको छ, भने अन्य जातीय अल्पसंख्यक लडाकुहरु र प्रजातन्त्र समर्थक पक्षपातीहरु पनि सक्रिय छन् ।
