Sidha Patra शनिबार, मंसिर २०, २०८२

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।

बोर्डले शुक्रबार सूचना जारी गर्दै शिक्षा नियमावली २०५९ को छैटौं संशोधन (मिति २०६७/१०/०९) अनुसार एसईईमा सहभागी हुन चैत्र मसान्तसम्ममा चौध वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ । कतिपय विद्यार्थीहरुको जन्मदर्तामा उल्लिखित उमेर अवधि नपुग्ने गरी प्रमाणपत्र जारी भएकोले उनीहरु परीक्षाबाट वञ्चित हुने अवस्था आएको थियो।

यस सम्बन्धमा अभिभावक,विद्यालय र स्थानीय तहबाट बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा अनुरोध भएपछि समाधान खोजिएको हो। कानून संशोधनपछि सच्याउन सहज
नेपाल सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा ७२ अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २५ (१) मा संशोधन गरेको छ । यस व्यवस्था अनुसार,कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् ।

त्यस्तै बोर्डले विद्यालयहरुलाई सम्बन्धित स्थानीय तह र सो अन्तर्गतका स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट माग भएमा कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख उपलब्ध गराई जन्मदर्तामा उल्लिखित विवरण संशोधन गर्ने कार्यमा सहजीकरण गर्न अनुरोध गरेको छ । बोर्डको यो निर्णय मिति २०८२/०८/१५ गते अध्यक्षस्तरीय निर्णयबाट भएको हो ।

ईएमआईएस प्रणालीमा पनि विवरण सच्याइने यसैगरी,नाम,थर, जन्ममिति सच्याइएका विद्यार्थीको जन्मदर्तामा उल्लेख भएको विवरण ईएमआईएस (ईएमआईएस) प्रणालीमा पनि सच्याउन सकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग मिति २०८२/०८/१७ मा भएको संयुक्त बैठकमा कक्षा १ देखि कक्षा ७ सम्मको हकमा विद्यालयबाटै र कक्षा ८ को हकमा सम्बन्धित स्थानीय तहबाट सच्याउन सकिने निर्णय भएको व्यहोरा बोर्डले जानकारी गराएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]