
Rbs
Ddhbs
Nssbus7
Ssbus
Syees
Pbu
Csbus
Ratbs
gms
Amb
dsbus
Gsbus
Gsl
Jsbus
syysr
Bksbus5

Ksm
Bbu
Ggd
Sbs
Ssm
Sls
Tsm
Bbbpu
Vor
Hal
Pvg
Wsp
Rgu
Rsb
Asm
Rgs
Gst
nsb
Rgu

Abd
Bml
Jmb
Ptm
Rmb
Jmb
sab
Gsb
Rpp
bbt
Mks
Syp
Pls
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरु सार्वजनिक गरेको छ ।
सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको हो । पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरुको विकल्पमा श्रम र उत्पादनलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने उद्घोष गरेका छन् । पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङद्वारा जारी विज्ञप्ति अनुसार घोषणापत्रले शासकीय स्वरुप,शिक्षा,राष्ट्रियता र अर्थतन्त्रमा आमूल परिवर्तनको प्रतिबद्धता जनाएको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीले वर्तमान संसदीय व्यवस्थाको अस्थिरता अन्त्य गर्न शासकीय स्वरुपमा परिवर्तनको प्रस्ताव गरेको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिने उल्लेख छ । समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिको हुनुपर्ने बाध्यात्मक व्यवस्था प्रस्ताव गरिएको छ । साथै पार्टीको मुल सिद्धान्त ‘हर्कवाद’ रहेको छ । ‘प्रकृति,संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्छ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रदानम गर्नुपर्ने,अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरीबी,विभेद र त्यसबाट उत्पन्न द्वन्द्व,लडाइँ,विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद,’उनले भने ।
सांसदहरुको काम कानुन बनाउने मात्र हुने भन्दै पार्टीले ‘सांसद मन्त्री बन्न नपाउने’ र मन्त्री बन्नका लागि सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने व्यवस्था अघि सारेको छ । यदि कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतःनिलम्बन हुनेछ । निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने र जनसंख्याको आधारमा संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने बताइएको छ । कार्यकारी राष्ट्रपतिको एक कार्यकाल ५ वर्षको हुनेछ भने एक व्यक्ति २ पटक भन्दा बढी चुनिन पाउने छैन । पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदन व्यवस्थापिका रहने जनाएको छ ।
यस्तै शिक्षा क्षेत्रमा पार्टीले नौलो नीति अघि सारेको छ । घोषणापत्र अनुसार विद्यालयमा हप्ताको ३ दिन मात्र सैद्धान्तिक पढाइ हुनेछ भने बाँकी ४ दिन विद्यार्थीलाई उत्पादन र साहित्य सिर्जनामा लगाइनेछ । विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन १२ कक्षासम्म खाना पकाउन र लुगा सिउन अनिवार्य सिकाइनेछ । १२ कक्षा उत्तीर्ण गरेपछि विद्यार्थीले अनिवार्य सैनिक तालिम लिनुपर्नेछ । सैनिक तालिम पूरा गरेपछि मात्रै उच्च शिक्षा हासिल गर्न पाइने कडा नियम पार्टीको एजेन्डामा छ । साथै, शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलको सदस्यता लिन वा राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।
राष्ट्रियताको सवालमा पार्टीले अनुदार नीति लिने घोषणा गरेको छ । देशमा क्रियाशील सम्पूर्ण अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरु खारेज गरिने घोषणापत्रमा उल्लेख छ । सीमा सुरक्षाका लागि नेपाली सेनालाई सिमानामा खटाइने र सीमा अतिक्रमणलाई पूर्ण रुपमा रोकिने बताइएको छ । नागरिकताको विषयमा पनि पार्टीले कडा अडान राखेको छ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी नागरिकले निरन्तर ५ वर्ष नेपालमा बसोबास गरेको र विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्र नेपाली नागरिकता पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै आर्थिक नीति अन्तर्गत पार्टीले ‘वैज्ञानिक कर प्रणाली’ लागु गर्ने बताएको छ । जसअनुसार धनी वर्गबाट बढी कर लिएर गरिबलाई सहुलियत दिइनेछ । मेयर साम्पाङले धरानमा सुरु गरेको ‘श्रमदान’ अभियानलाई राष्ट्रिय नीतिकै रूपमा विकास गरी सबै नागरिकलाई श्रमदानमा जोड्ने पार्टीको योजना छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ नीति लागु गरिने घोषणा पत्रमा उल्लेख छ । विदेशी लगानी लिँदा बिनासर्त मात्र स्वीकार गरिने र सरकारी चालु खर्चमा व्यापक कटौती गरी मितव्ययी अर्थतन्त्र निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
यस्तै सुशासन कायम गर्न सरकारी कर्मचारीले गल्ती गरेमा सरुवा मात्र नभई सोझै जागिरबाट बर्खास्त गर्ने कठोर नीति लिइनेछ । पत्रकार कर्मचारी र न्यायालयलाई पूर्ण रुपमा गैरराजनीतिक बनाइने र सबै सरकारी बैठकहरु पारदर्शी बनाउन प्रत्यक्ष प्रसारण गरिने प्रतिबद्धता जनाइएको छ । नयाँ पुस्ताको भावना सम्बोधन गर्न पार्टीले ‘जेनजी’ को गुनासो सुन्न छुट्टै आयोग गठन गर्ने प्रस्ताव पनि अघि सारेको छ । धर्मनिरपेक्षतालाई कायम राख्दै कसैको करकापमा धर्म परिवर्तन गराउन नपाइने नीति पार्टीले लिएको छ ।
धरानमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भई चर्चा कमाएका साम्पाङले यो घोषणापत्रमार्फत आफू अब राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रुपमा उदाउन खोजेको सन्देश दिएका छन् ।
