
Amb
Ddhbs
Syees
Ssbus
dsbus
Rbs
Csbus
Bksbus5
Nssbus7
Gsl
syysr
Gsbus
Jsbus
Ratbs
Pbu
gms

Wsp
Ksm
Tsm
Bbbpu
Rgs
Hal
Sls
Vor
Pvg
Rgu
Sbs
Ssm
Bbu
Ggd
Rgu
Rsb
Gst
Asm
nsb

Pls
Rpp
Jmb
sab
Bml
Mks
bbt
Jmb
Rmb
Ptm
Gsb
Syp
Abd
काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला डाकिएको नेताहरुले बताएका छन् ।
नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ ।
राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि भेला आयोजना गरिएको छ । विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेताहरु, जिल्ला सभापतिहरु,नयाँ पुस्ता लगायतले भेलालाई सम्बोधन गर्ने नेताहरुले जानकारी गराएका छन् ।
विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर संकलनका लागि अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भेलामा सशक्त र प्रभावकारी हुने बताए ।
त्यस्तै विशेष महाधिवेशनका लागि काठमाडौं बाहिरबाट पनि स्वतस्फूर्त रुपमा हस्ताक्षरकर्ताहरु आउने क्रम जारी रहेको नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले बताए । पाण्डेले भने, ‘पुराना नेतादेखि जेनजीसम्मका व्यक्तिहरुले विशेष महाधिवेशनको पक्षमा विचार राख्नुहुन्छ ।’
विशेष महाधिवेशनको माग गर्दै काङ्ग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ । काङ्ग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
